Tuesday, July 15, 2014

विकासले नसमातेको बाटो


अहिले सत्ता पक्षकै सांसदहरुले प्रति सांसद ५ करोड रुपियाँ नदिए बजेट पास हुन नदिने धम्की दिदैछन् । यस विषयमा विमति राख्नेहरु यदि सांसदको तजविजमा खर्च गर्ने गरी ५ करोड दिए आन्दोलन गर्ने भन्ने उद्घोष गर्दैछन् । दुबै पक्षका आफ्ना आफ्नै तर्कहरु छन् । सांसदहरुको तर्क छ, जनतासँग दुख सुख देखेको, जनताको विकासका लागि संघर्ष गरेको आधारमा के विकास गर्ने भन्ने बारेमा उनिहरुलाई सबै भन्दा बढी चेतना छ । कर्मचारीतन्त्रबाट निर्देशित विकासले जनाताका दुःख दर्दमा मलम लगाउन सकेन । भ्रष्टाचार बढ्यो । बिपक्षमा तर्क राख्नेहरु भन्छन्, अहिले सम्म दिदै आएको १० लाखले राम्रो काम गर्न सकेका छैनौ, भ्रष्टाचार भएकोे प्रमाणहरु फेला परेका छन् भने तिमीहरुलाई ५ करोड किन दिने ? भ्रष्टाचार गर्नको लागि नै ५ करोड मागिएको हो ।

तेस्रो कोणबाट हेर्दा चिन्तायोग्य विषय छ, विकासका बारेमा नीति निर्माण गर्ने निकाय र सांसदहरुमा सतही सोच र चिन्तन हावी हुनु । अमुक व्यक्ति वा संस्था मार्फत बजेट दिदा बढी विकास हुन्छ भन्ने तर्क नै आफैमा हास्यास्पद छ । सांसद वा कर्मचारी हुदैमा कोही पनि बढी विकासबादी वा भ्रष्टाचारी हुदैन । न्यायोचित, प्रभावकारी र दिगो विकास कुन प्रक्रियाबाट गर्न सकिन्छ भन्ने बारेमा संसारमा ठूलो बहस भएको विषय हो । यसको बारेमा चिन्तन गर्दा गर्दै धेरै वादहरु र सिद्दान्तहरु प्रतिपादन भए । हाम्रा राजनैतिक दलहरुको निर्माणको आधार पनि तिनै बादहरु हुन । धेरै वर्षहरुको अनुभवबाट विकासलाई परिणाममूखी बनाउन र संस्थागत गर्नको लागि विकासका लागि निर्माण गरेका प्रणालीहरुलाई कसरी सुदृढ गर्ने भन्ने चिन्तन गरिन्छ । विकास प्रणाली जति बढी सुदुढ हुदै जान्छ त्यति नै विकासले गति लिन्छ र जनताका समस्याहरुको न्यायोचित सम्बोधन हुन्छ । विकासको ठेक्का लिएका हाम्रो कर्मचारीतन्त्र वा जनप्रतिनिधिहरुले प्रजातान्त्रिक प्रणालीहरुको संस्थागत गर्न कहिल्यै ध्यान दिएनन् बरु व्यवस्थामा रहेका छिद्रहरु खोतल्ने र तिनीहरुबाट नाजायज फाइदा उठाउने प्रयासमा लागे । यसले गर्दा विकास कहिल्यै जनमूखी हुन सकेन । विकास र अर्थतन्त्रका बारेमा राम्रो ज्ञान भएका वर्तमान अर्थमन्त्री रामशरण महतलाई यो विषय थाह नभएको होइन तर उनले चोरबाटो खोजेर आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट रकमान्तर गरेको कुरा अहिले चर्चाको विषय बनेको छ ।

Sunday, September 29, 2013

A Tribute To Shree Kanta Adhikari

Shree Kanta Adhikari

श्रीकान्त- बन्दना




जहानिया रजाइँमा, परेर देश भासियो ।
लुटेर राज्य–सम्पदा, स्वधर्ममूल नासियो ।।
निरासका पहाडले, थिचिन्छ झैं छ साधना ।
निशा अतीव लम्बिँदा, प्रभातको छ तिर्सना ।।
।।१।।
नरो धरा, हिमालमा, प्रकाशपुञ्ज चम्कियो ।
कहीं कतै सुदूरमा उषा झुलुक्क झुल्कियो ।।
सुपुत्र क्वै’ उठी जुटे त फेरिनेछ काँचुली ।
वसन्तका प्रभावले निरास–शीत हट्छ कि ।।
।।२।।

Saturday, March 9, 2013

Mt. Himal Chuli



Mt. Lamjung Kailash and Mt. Annapurna III
दुराडाँडाबाट ३६० डिग्रीमा हिमाल देखिनु कुनै नौलो कुरा थिएन । न त हिमालहरु कुनै चासोका विषय थिए । पानी परेर आकास खुल्दा हिमालहरु घरकै छाना माथि छन् कि जस्तै भान पर्छन् । विहानै घामको ज्योति पर्दा हिमालको शिखर सुनको पहाड जस्तो देखिन्छ । हिमालको सम्पर्कले बिखरित सूर्य ज्योतिपुञ्जमा प्रकृतिका सबै रङ्गहरुको मिश्रण देखिन्छ ।  केहि छिनमा नै सारा हिमाल सुनौला बन्दै चाँदनी आभा छर्न थाल्छ । साँझको दृष्य अझ मादक हुन्छ । दर्शकको आँखा तथा सूर्यको प्रकाश एउटै दिशामा पर्ने भएकोले हिमालको सम्पर्कमा आउने ज्योतिले आँखा तिर्मिराउँदैन, हिमालको सौम्य शान्त रुप बहुकोणबाट नियालेर हेर्न पाइन्छ । हिउँले पुरिएका समथल भागहरु, काला चट्टाने भित्ताहरु, झरना र विविध रेखाहरुले बनाएका अनगिन्ती आकृतिहरु सबै नियालेर हेर्दा सारा सन्सार विर्सिए जस्तो लाग्छ ।

Saturday, March 24, 2012